३१ असार २०८२, मंगलवार

सरकारले खोस्यो निलम्बित प्रधानन्यायाधीश जबराको पीएसओ र सरकारी गाडी
  • न्युज मानसराेवर

काठमाडौं\सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षा टोली र सरकारी गाडी खोसेको छ। गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराको सुरक्षार्थ खटिएका दुई जना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो।

यस्तै सरकारले चोलेन्द्रले प्रयोग गर्ने गरेको ‘भीभीआईपी’ कार पनि फिर्ता लिएको छ। संसदको अन्तिम अधिवेशन सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत जाने प्रयास गरेपछि आफूलाई प्रहरीले ‘नजरबन्द’ गरेको गरेको भन्दै जबरा सरकारी निवासबाट निस्कन पाएनन्।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार प्रधानन्यायाधीशले ‘अति विशिष्ट स्तर’को सुरक्षा पाउँछन्। प्रधानन्यायाधीशको सुरक्षामा नेपाली सेनाका १५ र नेपाल प्रहरीका २ जना अधिकृत खटिन्छन्। मन्त्रालयले जबरा निलम्बित भइसकेकाले सुरक्षा टोली र गाडी फिर्ता लिइएको बताएको छ।

  • २ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech