बैजनाथ\ बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन।
अध्यक्ष शाहीले सामाजिक संजाल मार्फत देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शु-स्वास्थ्य दिर्धायु तथा उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन। शाहीले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा नेपालको संविधानले आबद्ध गरेको बताएका छन् ।
संविधानको कार्यान्वयन गर्दै साझा हकअधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सम्पूर्ण बैजनाथका नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएका छन् । उनले समृद्ध बैजनाथ निमार्ण र कृषिमा यान्त्रीकरण नीति अबको कार्य तिशा रहेको बताउदै कृषिका क्षेत्र बाट आत्म निर्भर समाज निमार्णमा स्थानीय सरकारको विशेष जोड रहेको समेत बताएका छन।