१९ आश्विन २०८१, शनिबार

राष्ट्रपतिको कदमको समर्थनमा युवा संघको र्‍याली
  • न्युज मानसराेवर

काठमाडौँ \नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको समर्थनमा एमाले निकट युवा संघले र्‍याली निकालेको छ । नेता महेश बस्नेतको उपस्थितिमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरू समर्थन र्‍यालीमा थिए ।

संघीय संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक विवादित बनेको छ ।

हिलो पटक राष्ट्रपति भण्डारीले विधेयक संशोधन गर्नुपर्ने सुझावसहित संसद्लाई नै फिर्ता पठाएकी थिइन् ।

संसद्ले दोस्रो पटक जस्ताको त्यस्तै पारित गरेर पठाए पनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेकी हुन् ।

नेपालको संविधानले १५ दिनभित्रमा राष्ट्रपतिले विधेयक पारित गर्नुपर्ने व्यवस्था गरेको छ ।

  • ५ आश्विन २०७९, बुधबार प्रकाशित

  • Nabintech