७ बैशाख २०८१, शुक्रबार

रुकुम बस दुर्घटना : मृत्यु भएका पाँचजनाकै सनाखत
  • न्युज मानसराेवर

बाँके\रुकुम पूर्वमा भएको बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ। दुर्घटनामा परी मृत्यु हुनेहरूमा रुकुम पूर्व भूमे गाउँपालिका-५ का २३ वर्षीय बुद्धिमान बुढा, पुथा उत्तरगंगा गाउँपालिका-८ का ३५ वर्षीय पूर्णबहादुर बुढा, रामेछापका बस चालक लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका-६ की ४० वर्षीया लक्ष्मी खड्का र उनका दुई वर्षका छोरा सिजन रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका १२ मध्ये ४ जनालाई उपचारका लागि कोहलपुर पठाइएको छ। अन्य घाइतेको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट रुकुमकोट आउँदै गरेको धौलागिरी यातायात प्रालिको ग१ख ९१०९ नम्बरको बस बिहीबार दुर्घटना भएको थियो। मध्यपहाडी लोकमार्ग हुँदै आएको बस रुकुम पूर्वको भूमे गाउँपालिका-३ क्याङ्सी बगर नजिक बिहीबार दुर्घटना भएको हो।

  • ७ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech