७ पुष २०८१, आईतवार

नरैनापुरमा ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया सम्पन्न
  • न्युज मानसराेवर

बाँके\ बाँकेको नरैनापुर गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ ।

पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताए ।

सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण आधारस्तम्भ रहेको बताउँदै अध्यक्ष शाहले सार्वजनिक पदमा रहने जोकोहीलाई पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, जवाफदेही तुल्याउने तथा शासन प्रणालीलाई जनमुखी, परिणाममुखी, सुदृढ, सक्षम, पारदर्शी, भ्रष्टाचार शून्य सहनशीलता, नागरिकका गुनासा सम्बोधन, निर्णय प्रक्रियामा जनसहभागिता र प्रतिस्पर्धी बनाउने पद्धति नै सुशासन भएको जिकिर गरे ।

नियम विपरीत आर्थिक क्रियाकलाप गर्ने, जनतालाई अनावश्यक दुःख दिने, आर्थिक प्रलोभनमा नियम विपरीतका काम गर्नेलाई कारवाही गर्न जरुरी रहेको बताउँदै अध्यक्ष शाहले नरैनापुरलाई लक्षित गरी परेको ९ वटा उजुरीले आफूले सकारात्मक रुपमा लिएको बताए । उनले उजुरी पर्दैमा डराई हाल्नु पर्ने अवस्था नरहेकोले कानुन बमोजिम काम गरी रहन निर्देशन समेत दिएका थिए ।

गाँउपालिका उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवले अख्तियारको एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण नहुने हुँदा भ्रष्टचार रोक्न सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताइन् । उनले पालिकाबाट आफूहरुले भ्रष्टाचार नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले भ्रष्टाचारलाई कम गर्न र सुशासन प्रवद्र्धन गर्न सरोकारवालाले सक्रियता देखाउनु पर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले टेण्डर मार्फत कर्मचारी राख्ने परिपाटीको अन्त्य गर्न पालिकालाई सुझाव दिँदै अख्तियारले नरैनापुर पहिलो पटक गरेको अन्तरक्रियाको प्रशंसा गरेका थिए ।

वडा अध्यक्षहरुका तर्फ बोल्दै वडा नं. २ का अध्यक्ष मसूद अहमद शाहले राज्यको विकासका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन अपरिहार्य भएको बताउँदै भ्रष्टाचारको समूल अन्त्य गर्दै सुशासन कायम गराउने कुरालाई आत्मसात् गर्नुपर्ने बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जका प्रमुख विजयराज पौडेलले चालु आर्थिक बर्ष २०७९–८० मा नरैनापुरमा ९ वटा उजुरी परेकोमा ३ फछ्र्यौट भएको बताए ।

प्रमुख पौडेलले गलत नियतले कार्य गरी सार्वजनिक सम्पति हानी नोक्सानी गर्नेलाई कारवाई गर्ने बताए । असल नियतले काम गरेको खण्डमा समान्य गल्तीहरुलाई क्षम्य हुने उनको धारणा रहेको थियो । उनले संविधान र ऐनले तोकिएको जिम्मेवारी पुरा गर्न अख्तियार लागि परेको बताए ।

  • ७ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech