१६ चैत्र २०८०, शुक्रबार

कोहलपुर नगरले संचालनमा ल्यायो बसपार्कमा सहायता कक्ष
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर नगरपालिकाले आजबाट कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ ।

चाडपर्बमा यातायात व्यवस्थापनमा  हुने भिडमा यात्रुहरुका बिबिध समस्याबाट आफ्नो गन्तव्य पुग्न असहज नहोस् भन्ने उदेश्यले नगरपालिकाले कोहलपुर बसपार्कमा यात्रु सहायता संचालनमा ल्याएको हो ।

सहायता कक्ष संचालनमा आएपछि यात्रुहरुलाई कोहलपुर नगर स्वास्थ्य शाखा द्वारा स्वास्थ्य चेक जाँच समेत गर्ने योजना रहेको छ।

त्यसै गरी सायता कक्षमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालले समेत समन्वय र सहकार्य रहेको छ ।

  • १० आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech