७ पुष २०८१, आईतवार

बाँकेमा शंकास्पद मृत्युपछि पति विरुद्ध किटानी जाहेरी
  • न्युज मानसराेवर

बाँके\बाँकेको जानकी गाउँपालिका निवासी २३ वर्षीया गोल्डी बर्माको शंकास्पद मृत्यु प्रकरणमा पति विरुद्ध किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा मृतकका पति निराजन बर्माविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको हो ।

मृतक गोल्डीका पिता पेशकार बर्माले ज्वाई निराजनले नै छोरीको हत्या गरेको दाबी सहित किटानी जाहेरी दिएको जिप्रका बाँकेले जनाएको छ । जिप्रका बाँकेका प्रमुख एवम् एसपी श्यामकृष्ण अधिकारीले पोष्टमार्टम रिपोर्टमा झुण्डिएर मृत्यु भएको उल्लेख भएपनि माइती पक्षले कर्तव्य ज्यान मुद्दामा जाहेरी लिएर आएको बताए ।

मृतक गोल्डीका पति निराजन उनको मृत्यु भएको दिनदेखि घरमा छैनन् । निराजनको परिवारले ती महिलाले आत्महत्या गरेको दाबी गरिरहेको छ । माइती पक्षले ज्वाईले नै हत्या गरेको दाबी गरिरहेको छ । यही असोज १ गते बेलुका गोल्डीले आत्महत्या प्रयास गरेको र आफूले बचाउन खोज्दा खोज्दै मृत्यु भएको उनका ससुरा गिरवल बर्माले बताएका छन् ।

  • १२ आश्विन २०७९, बुधबार प्रकाशित

  • Nabintech