१० मंसिर २०७९, शनिबार

छोराको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
  • न्युज मानसराेवर

बाँके\दुई दिनअघि छोराको हत्या गरी फरार भएका बारबर्दिया नगरपालिका–११, बर्दियाका लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

४५ वर्षीय लौरंगले यही असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए । विवेकको सोही दिन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो ।

सोही दिनदेखि फरार रहेका लौरंगलाई शुक्रवार बिहान साढे १० बजे बर्दियाको गुलरिया नगरपालिका–११ इन्द्रपुर गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १४ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech