१२ मंसिर २०८१, बुधबार

आज महाष्टमी: दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइँदै
  • न्युज मानसराेवर

बाँके\बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व। आज हिन्दुहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी महाअष्टमी पर्व भव्य रुपमा मनाउँदै छन्। बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी , महासरस्वती र महागौरीको विशेष पूजा आराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ।

आजको दिन शास्त्र सम्मत रुपमा दसैंघर, कोत लगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गर्ने कुरा शास्त्रमा वर्णन गरिएको भनाई नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमको छ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ। यसैकारण आजको दिन विधिपूर्वक पशुबली दिइने गरिएको हो।

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजा राधना सहित मनाइन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ।

  • १७ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech