१ श्रावण २०८२, बुधबार

आजबाट देशभर भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\आज (मंगलबार)बाट तीन दिनसम्म भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको हो।

मनसुन बाहिरिन ढिला गरेकाले यस वर्षको दसैँ ‘हिले दसैँ’ हुने संकेत देखिएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको महाशाखाले जनाएको छ।

अहिले प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

  • १८ आश्विन २०७९, मंगलवार प्रकाशित

  • Nabintech