बाँके\अनेरास्ववियु रूपन्देही सहसचिव झरना चाैधरीकाे दशैँकाे टीका थाप्न जाने क्रममा टुर्घटनामा परेर मृत्युु भएको छ । बुधबार साँझ भैरहवामा स्कुटर दुर्घटनामा परेर उनकाे मृत्यु भएकाे अनेरास्ववियुका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जानकारी दिए ।
२० वर्षीय चाैधरी केही समयअघि एमालेकाे कम उमेरमै वडा कमिटीको जिम्मेवारीमा अाएर चर्चामा अएकी थिइन् । तराईमा कम उमेरका छात्राहरूमा निकै राम्रो क्षमता देखाएर राजनीतिमा अाएकी चाैधरीकाे निधनले संगठनलाई अपूरणीय क्षति भएकाे पाण्डेले बताए ।
घरमा टीका लगाएर मामाघरमा जानेक्रममा उनी दुर्घटनामा परेकाे पाण्डेले बताए ।