२८ आश्विन २०८१, सोमबार

मन्त्री सहित कांग्रेस र माओवादी उम्मेदवारले गरे म्मेदवारी दर्ता
  • न्युज मानसराेवर

बाँके\बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका तर्फबाट महेश्वर जंग गहतराज अथकले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट उनी उम्मेदवार बनेका हुन् ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री समेत रहेका उनी निर्वाचन अधिकृतको कार्यालय अगैया, बाँकेमा करिव पौने ५ बजे पुगेर उम्मेदवारी दर्ता गराए । निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता गर्ने समय ५ बजेसम्मका लागि तोकेको थियो ।

२०७४ सालको निर्वाचनमा गहतराज तत्कालिन बाम गठबन्धनका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए । त्यतिबेला नेपाली कांग्रेसका माधवराम खत्रीलाई उनले पराजित गरेका थिए । उम्मेदवारी दर्ता गर्ने क्रममा सम्बोधन गर्दै मन्त्री गहतराजले सांसद र मन्त्री हुँदा आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिएको र सबै दल तथा जनप्रतिनिधीसँग सहकार्य गरेर काम गरेको स्मरण गराए ।

यस्तै प्रदेश सभा-१ (१) मा माओवादी केन्द्रकी कृष्णा केसी नमुना र  प्रदेश सभा-१ (२) मा नेपाली कांग्रेसका फुलाराम थारुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माओवादी नेतृ केसी पनि २०७४ सालको प्रदेश सभा निर्वाचनमा निर्वाचित भएकी थिइन् ।

उनले बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शरदचन्द्र बर्मालाई पराजित गरेकी थिइन् ।
पार्टीका महासमिति सदस्य समेत रहेका थारुलाई नेपाली कांग्रेसले पहिलो पटक प्रदेश सभाको उम्मेदवार बनाएको हो ।

  • २३ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech