१४ मंसिर २०८१, शुक्रबार

रुपन्देही २ का उम्मेदवार गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
  • न्युज मानसराेवर

बाँके\रुपन्देही-२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

आज आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै दुवै पक्षलाई छलफलमा बोलाएको हो। सर्वोच्चले खारेज गर्नुपर्नाको कारण पनि माग गरेको छ।

निर्वाचन अधिकृत उदवीर नेपालीले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको भन्दै असोज २६ गते गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सुनाएका थिए। निर्णयमाथि आपत्ति जनाउँदै गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए।

  • ३० आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech