बाँके\राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री तथा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य डा. धवल सम्शेर राणाको पक्षमा जन समर्थन बढ्दै गएको छ। बाँकेको क्षेत्र न: २ संघिय सांसद पदका उम्मेदवार डा: धवल शमशेर राणा डुडुवा गाँउपालिकाको बेतहनिको एक गुरुद्वारमा आयोजित ‘घरदैलो’ कार्यक्रममा सहभागी हुनुभयो।
त्यहाँ हजारौं जनताको समर्थनमा धवल सम्शेर हाई हाई जस्ता धेरै नाराहरु लगाई रहेको भिडमा पुग्दा पुग्ने क्रममा म जनताको सेवक हुँ, करोडौं ,अर्बौंको लगानीमा जनताले तिरेको कर बाट राज गर्ने,कम्पनी फ्याक्ट्री खोल्ने भष्टचारी नेता होइन ,मैले नेतृत्व गरेको नेपालगन्ज उपमहानगरपालिका नमुना बनाउन जति भुमिका रह्यो ।
त्यो भन्दा बढी क्षेत्र नम्बर २ बनाउन जनताले उठाएको समस्यालाई नेतृत्वमा आएमा सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो। बाँके क्षेत्र नम्बर २ अन्तरगत पर्ने डुडुवा गाँउपालिका वडा नम्बर २ को बेतहनिमा बाँकेमा नेकपा एमाले र राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) संघिय,प्रतिनिधि सभा र समानुपातिक उम्मेदवार दिपा शर्मा एक साथमा आम निर्वाचनको प्रचार अभियान पुगेका थिए।
उम्मेदवारहरू संघिय सांसदमा राप्रपाबाट डा: धवल शमशेर राणा र नेकपा एमालेबाट समानुपातिक दिपा शर्मा प्रदेश( ख)मा निरक गुरुङ र बिजय यादव सहितको प्रचार टोलिले सुर्य हलो नाराका साथ प्रचार अभियानलाई तीब्र बनाउदै यतिबेला मतदाताहरुका घरदैलोमा पुग्ने क्रम जारी रहेको छ। उम्मेदवारले सुशासन, समृद्धि,विकास निर्माण लगायतका शिक्षा,स्वास्थ्य, खेलकूद,खानेपानी लागयत क्षेत्रमा आवश्यकताका आधारमा सन्तुलित विकास गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो।