४ भाद्र २०८२, बुधबार

समृद्धी ल्याउन स्वरोजगार नीति कार्यान्वयन गछौँःएमाले उम्मेदवार ढकाल
  • न्युज मानसराेवर

बाँके \बाँके क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले एक घर एक रोजगारिको कार्यक्रम ल्याउने बताएका छन ।नरैनापुरको मटेहियामा नेकपा एमाले र राप्रपाको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ढकालले एमालेले वृद्ध भत्ताको शुरुवात गरेकाे बताउदै अब एमाले एक घर एक जानकारी कार्यक्रम ल्याउने बताए ।

ढकालले नरैनापुरको समग्र बिकासलाई मुल धारमा लैजान चेतनाको स्तरमा वृद्धि गर्दै आर्थिक सामाजिक बिकासका निम्ति आफुले कुनै कसुर नराख्ने बताए । इलाका प्रशासन कार्यालयको स्थापना गर्ने निर्णय भएकोमा अहिले सम्म यो वा त्यो भन्ने बहानामा कार्यान्वन नभएको भन्दै ढकालले राप्ति र खहरे खोलाको तटबन्ध गर्ने पहिलो प्रथामिकता राख्दै नदिको जोखिमले बस्ति बिस्थापित हुने अबस्था आउनै नदिन पहल गर्ने बताए।

नरैनापुरलाई अन्य पालिका सरह बनाउने आफ्नो धोको भएको भन्दै ढकालले खहरे खोलामा पुल नभएकाले खोलाको बाढिका कारण आवत जावत गर्न समस्या भएकोले उक्त स्थानमा झोलुङ्गे पुल निर्माण समेत गर्ने जनाए । नरैनापुरमा अस्पताल भएपनि उचित ब्यबस्थापन
र पुर्बाधार नभएकाले सुबिधा सम्पन्न अस्पताल आफुले कल्पना गरेको बताए । सिचाई, बाटो र बिजुलि बत्तिको प्रयास दिनेशचन्द्र यादबको पहलले मात्र संभब भएको भन्दै ढकालले यादबको सपना साकार पार्न समेत आफुलाई भारी मतले जिताउन कार्यकर्तासंग अपिल गरे ।

राप्रपाका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्रि प्रेम बहादुर भण्डारिले बगौडा क्षेत्र अबिकशित र बिकट रहेको र सो बारेमा आफुले पटक पटक संसदमा बोलेको स्मरण गर्दै सदरमुकाम जोड्ने बाटो बनाउन पहलकै कारण आज भारतिय बाटो भएर नेपालगन्ज जाने परिपाटिको अन्त्य भएको जिकिर गरे । पण्डितपुर बैजापुर हुदै राजमार्ग जोड्ने बाटोको बारे कसैले आवाज उठाउन नसकेको ।

यस्ले ब्यापारिक बैकल्पिक मार्ग हुने र नरैनापुरमा आर्थिक संबृद्दिमा टेवा पुग्ने भन्दै भण्डारीले नरैनापुरलाई बोडर बनाएर आर्थिक चहलपहलको हबको रुपमा बिकास गर्ने आफ्नो परिकल्पना रहेको बताए ।बिद्युत मैले ल्याइपुर्याए भनेर श्रेय लिनेको होडबाजि भएपनि बिजारोपण आफुले गरेको दाबि गरे । कृषिको लागि उर्बर भुमिलाइ सिचाइ सुबिधाबाट राज्यले बिमुख गरेको भन्दै रास्ट्रलाइ नै खाध्यान्न आपुर्ति गर्ने गरि सिचाइ मल बिउको उचित ब्यबस्थापन गरिनुपर्ने भन्दै सुइया सम्म सिक्टा बग्ने बनाउन जागरुक युबालाइ भोट हाल्नुपर्ने धारणा ब्यक्त गरे ।

  • १ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • Nabintech