१४ मंसिर २०८१, शुक्रबार

समाजलाई आत्म निर्भर बनाउन मेरो उम्मेदवारीः ढकाल
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेका केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज  युवा नेता सूर्य ढकाल राजनीतिसँगै कृषि पेशामा सक्रिय छन् । उनले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो जीवनयापनको लागि आर्थिक उपार्जनकाे माध्यम बनाएका छन।

बाँके निर्वाचन क्षेत्र न १ मा एमालेका तर्फबाट संघिय सांसदका उमेदवार समेत रहेका ढकालले काेहलपुर नगर पालिका वडा न -१५,चन्नहवामा ५ जनाकाे संयुक्त लगानीमा करिव ४१ कठ्ठा जग्गामा पंचमुखि कृषि फम संचालन गरेका छन। करिव १ कराेडकाे लगानी रहेकाे उक्त कृषि फममा अहिले लाेकल कुखुरा , ब्रोइलर कुखुरा ,बाख्रा ,माछा पालन गरेका छन भने आँप,लिचि लगाएतका फलफुलहरुले पनि पत्पादन दिन थालेका छन । यसैगरी ढकालले काेहलपुर -१२ मा ६ कठ्ठा जग्गामा कागती खेती पनि गरेका छन।आफुले गरेकाे ब्यवसायबाट उत्पादन र समृद्धिमा टेवा पुग्नकाे साथै रोजगारी सृजना गरेकाे नेता ढकाल बताउछन ।

अहिले पनि ५ जनालाई नियमित राेजगार दिइरहेका छन ।कृषकले उत्पादन गरेको बस्तुको बजारीकरणमा समस्या रहेकाे उनकाे अनुभव छ। ढकाल भन्छन,-“किसानकाे उत्पादन राज्यले खरिद गर्ने ग्यारेन्टी गरिदिनु पर्छ । ” किसानलाई अनुदान दिनु भन्दा आवश्यक प्राविधिक सरसल्लाह दिन किसानकाे घरमा नै कृषि प्राविधिक नियमित पुग्ने व्यवस्था राज्यले मिलाउनुपर्ने उनकाे भनाई छ ।

आर्थिक उपार्जनका लागि कृषि तिर हात हालेका उनी मुलुकलाई सहि निकास दिन राजनिती गर्ने गरेको सुनाउँछन् । ‘अब उत्पादन सहितकाे राजनीति गर्नुपर्छ ‘ उनले भने, ‘ आर्थिक उपार्जनका लागि कृषि उत्पादन र समाज रुपान्तरणका लागि राजनिति गरेकाे छु ।’

अहिले नेपाली समाज पुजीवादी तिर उन्मुख भएकाे बताउदै यसलाई समाजवाद तिर लान जरुरी रहेकाे ढकालकाे तर्क छ ।अवका पिडिले उत्पादन सहितकाे राजनीति गरे मात्र राजनीतिमा आर्थिक अनुशासन कायम गर्न सकिने उनी बताउँछ ।

राजनीति भनेको सामाजिक क्षेत्र हो, आर्थिकरूपमा फाइदा छैन । तर, घरपरिवार चलाउन आर्थिक रुपमा सम्बृद हुन जरुरी रहेकाे र त्यसका लागि व्यवसायीक कृषि गरेकाे उनकाे भनाई छ।

समाज सेवामा आफ्नो रुचि रहेकाले राजनीति समाज रुपान्तरणकाे लागि र कृषिलाई आर्थिक उपार्जनकाे लागि आवश्यक रहेकाे उनकाे तर्क छ। ढकालले विसं २०७४ माघ महिनाबाट पंचमुखि कृषि फम दर्ता गरी व्यावसायिकरूपमा कृषि पेशा गर्दै आएका छन् ।

“कृषि पेशामा दुःख गरेअनुसार आम्दानी नभएकाले युवाहरु कृषि पेशाप्रति आकर्षित हुन नसकेका हुन्”, उनले भने । कृषिसम्बन्धी नीति बनाउँदा वास्तविक कृषकलाई नै राखेर बनाउनुपर्छ । उनले भने, “किसान राखेर नीति बनाउनसके मात्रै किसानमैत्री नीति बन्न सक्छ र वास्तविक किसान लाभान्वित हुन सक्छन् ।”

  • ३ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech