बाँके\बाँके क्षेत्र न ३ मा नेकपा एमालेले खजुरा गाउँपालिका वडा न ३ मा संयुक्त निर्वाचन परिचालन कमिटी कार्यालय उद्घाटन गरेको छ । नेकपा एमाले र राप्रपाले संयुक्त रुपमा निर्वाचन परिचालय कार्यालय उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमा नेकपा एमाले नेता तथा निर्वाचन परिचालन उद्घाटनका प्रमुख अथिति देवराज भारले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै प्रतिनिधि सभा सदस्य किश्मतकुमार कक्षपतिले समृद्ध बाँके क्षेत्र न ३ निमार्णमा कृषि ,स्वास्थ शिक्षाका क्षेत्रमा ५ वर्ष भित्र गर्न सक्ने युवा स्वरोजगार नीति ,पूर्वाधार निमार्ण ,कृषिको यान्त्रीकरण गर्नाका लागि अर्जुन दृष्टि का साथ एमाले उम्मेदवारहरु परिचालित हुने दावि गरे ।
कक्षपतिले बाँकेको समग्र राजनितिक विकास र बाँकेको समृद्धीको यात्रामा प्रतिपक्षका साथीहरु भन्दा धेरै योगदान गरेका उम्मेदवारहरु पार्टीले उम्मेदवार बनाएको दावि समेत गरेका छन।
कक्षपतिले युवा , जनता २१ औ शताब्दीको रहेको बताउदै कोही अन्धभक्त नहुँने तर्क राखे । उनले टोल टोलमा बाँकेको विकासमा एमाले उम्मेदवारहरुले खेलेको भूमिका र गठबन्धनका साथीहरुको भूमिकाको चर्चा हुन आवश्यक रहेको बताए । एमाले उम्मेदवारहरु सँग ऐजेण्डा रहेको औल्याउदै कक्षपतिले बरु एजेण्डाहरुमा बहस गर्न गठबन्धनका साथीहरुलाई आग्रह समेत गरे ।
यसै गरी कार्यक्रममा प्रदेश क का उम्मेदवार रत्न खत्रीले आफ्नो निर्वाचन क्षेत्रका १२ वटा वडाहरुका समस्याहरुको पैचान र योजनाहरुको आवश्यकता जनता बाटै अनुमोदन गरी कार्यान्वयन गर्ने प्रतिवद्धता गरे ।
आफु निर्वाचित भए पावरका भरमा र आफ्न मान्छेका भरमा कुनै योजना नदिने उल्लेख गरे । खत्रीले जनताका विचमा रहेर योजना निमार्ण गर्ने प्रतिवद्धता समेत गरेका थिए । उनले प्रतिपक्ष लाई गाली गर्न होइन। हाम्रो उदेश्य बाँके क्षेत्र न ३ मा गरिबी निवारण स्वरोजगार नीति शिक्षा , स्वास्थ कृषि क्षेत्रको विकासमा गर्नका लागि उम्मेदवारी हो खत्रीले भने ।
कार्यक्रममा प्रदेश ख का उम्मेदर भिम वली लगाएतको आफ्नो धारणा राखेका थिए । कार्यक्रममा जिल्ला प्रचार विभाग प्रमुख सतिश निरौला ,केन्द्रिय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य लगाएतको सयुक्त निर्वाचन परिचालन कमिटी कार्यालय उद्घाटन कार्यक्रममा उपस्थिति रहेको थियो ।