बाँके\बाँकेमा मंसिर ४ मा हुने निर्वाचन अभियानलाई तिब्रता बढाउदै नेकपा एमाले लगाएत गठबन्धन , स्वतन्त्र दलका उम्मेदवारहरु जनताको घरदैलोमा भोट माग्दै जनताको समस्या सुन्न केन्द्रित छन। तर मतदाता भने बेखुस छन। कारण हो नेताहरुको आश्वसन ।’
२०७४ मा हामिले मतदात गर्यौ ।सांसद ,मन्त्री भए । तर खै निर्वाचनमा गरिएका बाँचा ज्यू का त्यू छन । कोहलपुर ३ बैकुण्ठनगरका स्थानिय युवा मोहन बस्नेतले नेकपा एमालेका नेता सुर्य ढकाललाई आश्वासन र भाषण भन्दा काम गरेर देखाउन आग्रह गरे ।
बस्नेतले नेता ढकाललाई आफ्नो गाउँमा हुने डुबानको ,खानेपानीको समस्या समाधान गरिदिनु अनुरोध समेत गरे । स्थानिय ६० बर्षिय वृद्ध फुलमाया केसीको दुखेसो पनि उस्तै छ । गत निर्वाचमा बाडिएका बाँचाहरु अझै औझेलमा छन खै कस्ले पुरा गर्ने हो उनले भनिन् ।
कोहलपुर ३ मोतिनगरकी स्थानिय रमा चन्द ठकुरिले आफ्नो टोलमा पानी निकासको समस्या भएको हुदा असोज महिनाको पानीले आफ्नो पुरै घर नै डुवानमा परेको काजकिरिया गर्ने र तर्पन दिने ठाउँ सम्म नभएको आफ्नो दुखेसो व्यक्त गरिन । टोलमा खानेपानीको समस्या सङ्गै डुबान र निकासको समस्या समाधान गरिदिन नेता ढकाललाई ठकुरिले आग्रह गरिन ।
यस्तै कोहलपुर ३ बैकुण्ठनगरका पदम केसीले सिक्टा सिचाइ आयोजनाको नहर्को पानी थुनिदा बस्ती पुरै डुबानमा पुगेकोले बालिनाली र घरमा क्षती पुर्याएको बताए ।उक्त समस्याको समाधान गर्न पहल गर्नका लागि उम्मेदवार ढकाललाई भने ।
कोहलपुर ३ मोतिनगरका युवा बसन्त अधिकारीले वैदेशिक रोजगारलाई निरुत्साहित गरि स्वदेशमै स्वरोजगार सिर्जना गर्न नीति ल्याउन आग्रह गरे । उनले नेपाली माटोमै हामिजस्ता युवाले बगाएको पसिनाले सार्थकता पाउनु पर्ने बताए। चुनावी अभियानमा दौडिएका उम्मेदवार ढकालले आफू चुनाव पछि हारजित जे भएनी दुख सुखमा सधै साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।