१४ मंसिर २०८१, शुक्रबार

स्थापित विकासप्रेमी एमाले उम्मेदवार कक्षपति घरदैलोमा
  • न्युज मानसराेवर

बाँके\बाँके क्षेत्र नं ३  नेकपा एमालेका  प्रतिनिधिसभा सदस्य उम्मेद्वार किस्मतकुमार कक्षपतिले खजुरा, बैजनाथ र जानकीलाई समृद्ध बनाउन आफ्नो उम्मेद्वारी रहेको बताएका छन।

प्रदेश ख अन्तगर्त खजुरा तथा जानकी गाउँपालिकाका विभिन्न वडामा  शनिवार जनताको घरदैलो तथा अन्तरक्रिया कार्यक्रममा  उम्मेद्वार कक्षपतिले सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिप्रायका साथ बाँके क्षेत्र नं. ३ लाई विकासोन्मुख बनाउन आफ्नो  उम्मेद्वारी रहेको बताएका  हुन।

कक्षपतिले ५  वर्षमा विकास र समृद्ध खजुरा निमार्ण गर्नाका लागि संचालन गरिएका योजनाहरु जनातालाई सर्वविध रहेको बताउदै  खजुरा गाउँपालिकालाई नेपाल अधिकाराज्य भर  सर्व उत्कृष्ट  ११ मा पार्न सफल भएको  कक्षपतिले  दावि गरेका छन।

अब यहाँका बाँके क्षेत्र न ३ का समस्या समाधान गर्न पार्टीले प्रतिनिधि सभा उम्मेदवार बनाएको कक्षपतिले घरदैलो तथा अन्तरक्रिया  बताए ।

उपस्वास्थ्य शाखामा १५ शैयाको  भवन, खजुरा गाउँपालिका भवन, सभाहलको भवन, वडा नं. ६ औधोगिक ग्राम ,उद्योग निर्माण कार्य सुचारु गरेको, वडा ७ शीत भण्डार  निर्माण, वडा नं. ४ मा फुटबल मैदान  मिनि रंगशाला प्याराफिट निर्माण, वडा नं. ८ मा प्रदेश विश्वविद्यालय निर्माणका निम्ति खाका तयार, खजुरा गाउँपालिकामा कालो पत्रे, बाटा घाटा ग्राबिल पुल, किसानलाई आवश्यक सामाग्रीहरु उपलब्ध तथा बृद्धबृद्धालाई स्वास्थ्य उपचार लगाएत  खजुरा गाउँपालिका अध्यक्ष हुदाँ यी महत्वपूर्ण योजनाहरु सम्पन्न गरेको कक्षपतिले दावि गरेका छन। कक्षपतिले  जनताले विजयी गराए आफ्नो क्षेत्रमा पर्ने परसपुर –गौघाट सडकखण्ड र किरण नालाको पुल सम्पन्न गर्न आफ्नो पहिलो प्राथमिकता हुने  प्रतिवद्धता समेत व्यक्त गरेका छन।   क्षेत्र नं. ३ का हरेक टोल टोलका जनता सामु पुग्दैछु । जनताको चाहना समस्या के छ?  बुझ्दै छु’  कक्षपतिले भनेका छन।  कार्यक्रममा प्रदेश ख का उम्मेदवार भिम ओली लगाएतले आ आफ्नो धारणा राखेका थिए ।

  • ५ कार्तिक २०७९, शनिबार प्रकाशित

  • Nabintech