बाँके– बाँकेमा प्रतिनिधिसभा र प्रदेशसभामा बागी उम्मेदवारी दिएका एमाले र राप्रपाका नेताहरुलाई सम्बन्धित पार्टीले कारबाही गरेको छ।
आइतबार कोहलपुरमा संयुक्त पत्रकार सम्मेलन गर्दै एमाले र राप्रपाले बागी उम्मेदवारहरुलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएका हुन्।
बाँके क्षेत्र नं. १ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका एमाले लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य तीर्थ डाँगीलाई एमालेले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।
त्यस्तै बाँके क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा बागी उम्मेदवारी दिएका राप्रपा बाँके सदस्य प्रदीप शाह र बाँके १ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका कोहलपुर नगर समिति अध्यक्ष अमरजंग शाह (अर्जुन) लाई पनि कारबाही गरिएको राप्रपा बाँकेले जनाएको छ।
बाँकेमा राप्रपा र एमालेबीच चुनावी तालमेल छ।