बाँके\सत्ता प्राप्तका लागि बाँके क्षेत्र न ३ मा लोकतान्त्रिक गठबन्धमा दोहोरी नै चलेको देखिएको छ । लोकतान्त्रिक गठबन्धमा प्रतिनिधि सभा सदस्य नेपाली काग्रेसका किसोर सिह राठौरले प्राप्त गरे । भने प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रका आइपी खरेले टिकट प्राप्त गरे । नेपाली कांग्रेसमा आन्तरीक रुपमा असहमति भएतापनि त्यसको खासै प्रभाव देखिएको छैन ।
उनी राठौर यस अघि बर्दिया बाट उम्मेदवार बन्दै आइरहेका थिए । तर माओवादी केन्द्रमा भने आइपी खरेले प्राप्त गरेको टिकट केही स्थानीय तहका नेताहरुलाई चित्त बुझेन र राजीनामा समेत दिएका थिए । तर टिकट नै आइसके पछि सबै मौन जस्तै देखियौ ।
आचर्य त जब भयो नेकपा समाजवादी दलका प्रभावशाली नेता दल बहादुर सुनारले माओवादी केन्द्र पार्टी प्रवेश गरे ।
सत्ता प्राप्ती नभई निष्ठा र जन भावनाको सहयात्री आफुलाई ठम्याउँन पछि नपर्ने नेता सुनार एमाले विभाजन पछि नेकपा समाजवादी दलमा आवद्ध भएका थिए । उद्यपी गठबन्धका तर्फ बाट बाँके लगाएत अन्य जिल्लामा समाजवादी दलका पात्रहरुले उम्मेदवार बन्ने मौका प्राप्त गर्न पाएनन् । त्यसैको प्रतिउत्तर बाँकेमा दल बहादुर सुनारले बाँके क्षेत्र न ३ प्रदेश क मा स्वतन्त्र उम्मेदवारी नै दिए ।
माओवादीमा खरेल विरुद्ध सुनार अस्त्र प्रयोग
नेकपा माओवादी केन्द्रमा आइपी खरेले स्पष्ट वक्ता र अलि चर्को स्वभावका मानिन्छन । २०७४ सालमा माओवादी भएका खरेलको भाग्य संघियता पश्चात भएको पहिलो निर्वाचमा तत्कालिन माओवादी केन्द्र नेता बादल थापा को (हाल थापा एमाले उपाध्यक्ष छन ) कोटाबाट लुम्बिनी प्रदेश सांसद बनेका थिए । पछि नेकपा हुँदा उनी खरेल जिल्ला अध्यक्ष समेत भएका व्यत्ती हुन ।
मओवादी भित्रको अन्तर संघर्षले आइपीले जिल्लाको विकास र माओवादी केन्द्रको संगठन निमार्णमा कुनै प्रभाव नदेखाएको बुझाई छ ।त्यो पनि शशस्त्र आन्दोलनमा सहभागि भएका माओवादी केन्द्रका नेताहरुको । त्यसको उदाहरण आज विहना करिब ८ बजे माओवादी केन्द्रका नेता दिपेन्द्र शाह (युगान्त) जो बाँके क्षेत्र न ३ क का संयोजक तोकिएका छन।
त्यसै गरी क्षेत्र न ३ क का सचिव महेन्द्र बहादुर शाही , खजुरा गाउँपालिका कमिटीका अध्यक्ष राजकुमार विक ,बैजनाथ गाउँपालिका कमिटी अध्यक्ष जय बहादुर विश्वकर्माले माओवादी केन्द्रका नेता स्वतन्त्र उम्मेदवार दल बहादुर सुनारलाई नेकपा माओवादी केन्द्रको प्रदेश क को विस्तारिक बैठकले समर्थन गर्ने निर्णय नै गर्यो ।
अब हेरौँ खरेलको प्रतिउत्तर रात्री १० बजे सामाजिक सञ्जाल बाट
आज साझ ५ बजे बाट बाके जिल्लामा रहेका नेकपा ( माओवादी केन्द्र ) का केन्द्रिय सदस्यहरु पुर्णा कुमारी सुवेदी , महेश्वर गहतराज ( अथक ) , पार्वती पुन ( उषा ) , कृष्णा केसि ( नमुना ) , नरेन्द्र न्यौपाने , अन्जना चौधरी ( अर्पणा ) , आइपी खरेल एवम् अशोक रोकाय ( केन्द्रिय अनुशासन आयोगका सचीव ) सहितको बैठकले १- पार्टी निर्णय भन्दा बाहिर जानेहरुले गल्ती गरेका छन भन्ने निस्कर्स निकाल्यो २- जिल्ला संयोजक कमरेड डम्बर बिक ( तुफान ) र सचीव डिल्ली बराल ( अमीर ) सङ्ग भोलि बिहानै छलफल गरि पार्टी निर्णयमा सहभागी गराउने निर्णय भयो । निर्णय कार्वान्यानमा अवरोध आए जिल्ला इन्चार्ज पुर्णा कुमारी सुबेदिको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाइ बिजयी गराउन दृढता पुर्वक लाग्ने निर्णय गरियो । ३- पदबाट राजिनामा दिने र पार्टीको लेटरप्याड प्रयोग गरि पार्टीकै आधिकारिक उम्मेदवार विरुद्ध गरिएका प्रचारहरु सबै अराजक हुन भन्ने निस्कर्श निकाल्यो । यी निर्णय सहित साझ ५ बजेबाट बसेको बैठक 9:30 मा सम्पन्न भयो ।