रासस\डोल्पाको छार्का ताङसोङ गाउँपालिका–६ का श्यामा तेन्जिन गुरुङलाई आफ्नो घरमा खाद्यान्न कसरी पुर्याउने चिन्ताले सताएको छ। कात्तिक महिनादेखि उपल्लो डोल्पाका अधिकांश बस्तीमा हिमपात भएर बाटो बन्द हुने भएपछि गुरुङलाई जसरी नि चिसो मौसममा परिवार पाल्नका लागि खाद्यान्नको जोहो गर्नुपरेको हो।