बाँके\निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ।
निर्वाचन प्रयोजनका लागि दलले पेस गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ।
प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २१९९ उम्मेदवार छन्।
यसैगरी प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं. का लागि ६१६ जना, मधेश प्रदेशका लागि ८६३ जना, बागमती प्रदेशका लागि ७५४ जना, गण्डकी प्रदेशका लागि ३४४ जना, लुम्बिनी प्रदेशका लागि ५७९ जना, कर्णाली प्रदेशका लागि २०० जना र सुदूरपश्चिम प्रदेशको लागि ३५२ जना उम्मेदवारहरु रहेको आयोगले जनाएको छ।
समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५५० जना व्यक्तिहरुको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ।