२८ आश्विन २०८१, सोमबार

जनताको सेवक भएर काम गर्छु : उम्मेदवार निरक गुरुङ
  • न्युज मानसराेवर

बाँके\नेपाल कम्युनिष्ट पार्टी एमाले बाँके क्षेत्र नम्बर –२ (ख) प्रदेश सभा सदस्य पदका उम्मेवार निरक गुरुङले मंसिर ४ मा हुने निर्वाचनमा विजय पश्चात आफु जनताको सेवक भएर काम गर्ने बताएका छन् ।

आफु विजयी भए पश्चात् शासक जस्तो नभएर जनताको सुखदुखको सारथी बन्दै जनताको सेवक भएर काम गर्ने गुरुङले बताए । राजनीति र जनताको सेवामा ४ दशक लामो जिवन समर्पित गरेका गुरुङले अहिले राजनीतिमा होमिएका छन् । उनले लामो समय शोषित, पीडित, गरिव, आदिवासी जनजाति, पछाडी पारिएका समुदायको लागि आवाज उठाउँदै राजनीतिमा होमिनुभएको नेताको रुपमा चिनिदै आएका छन् ।

गुरुङले जनता र समुदायको उत्थानका लागि आफ्नो जिवन समर्पित गरेका छन् । मन्त्री, सांसद जस्ता लोभको पदभन्दा सामाजिक, आर्थिक विभेदमा परेकाहरुको सेवा गर्नमा उनले ४ दशक बढि जिवन समर्पित गरेका छन् ।

कृषिमा आधुनिकीकरणमा जोड दिदै स्वदेशी समग्रीलाई बढ्वा दिने उनको लक्ष्यमा रहेको छ । नेपालगन्जमै स्थानीय अर्गानिक तरकारी उत्पादनको केन्द्र बनाएर नेपालगन्जलाई कृषि क्षेत्रमा नमुना बनाइ बिदेशी आयातलाई अन्त्य गर्ने उनको लक्ष्य रहेको छ ।

उनले निर्वाचनलाई लक्षित गर्दै जनताको समस्याको पहिचान गर्न जनताको घर घरमा पुग्ने गरेको बताए । नेपालगञ्जलाई नमुना शहर बनाउने उद्देश्यका साथ मेरो उम्मेद्वारी रहेको गुरुङले बताए । आफ्नो क्षेत्रमा साईकल लेन, बाटो चौडा, पक्की सडक, पुल निर्माण लगायतका विकास योजना ल्याउने कार्यमा आफु ढुक्क रहेको बताऐ । मसंग दक्ष र काम गर्ने क्षमता रहेको हुनाले जनताको चाहना पुरा गर्ने ध्यय मंसंग रहेको उनले बताए ।

विकासको बजेट ल्याउने सवालमा सांसदमा के कसरी बोल्नुपर्ने हो कसरी बजेट निकासा गराउनुपर्ने हो यसमा जनता ढुक्क भए हुन्छ । स्वास्थ्य क्षेत्रमा हरेक जनताको पहुँच, कृषिमा आधुनिकीकरण गरेर युवालाई स्वरोजगार बनाउने र खाडी मुलुक जाने प्रक्रियालाई न्युनिकरण गरिने, शिक्षा क्षेत्रमा प्रत्यक सामुदायिक तथा निजी विद्यालयमा नमुना बनाउने रहेको उनले जानकारी दिए । चारदशकदेखि यहि क्षेत्रमा रहेर बिभिन्न समाजिक संघ संस्थासंग आबद्ध भएर काम गरेको अनुभव मसंग छ उनले भने ।

  • ११ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech