१४ मंसिर २०८१, शुक्रबार

चप्परगौडी–घुईयावारी सडक आफ्नो प्रथम प्राथमिकताःढकाल
  • न्युज मानसराेवर

कोहलपुर\ क्षेत्र नं. १ बाँकेमा एमालेको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार सूर्य ढकालले खड्कवार–घुईयावारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माण आफ्नो प्रथम  प्राथमिकता रहेको बताएका छन।

२०१५ सालदेखि नै यस सडकको वारेमा चुनावी नारा बन्ने गरे पनि यसपटक नेकपा एमालेले यो सडक निर्माणको एजेण्डालाई प्राथमिकतामा पारेको हो । कोहलपुर नगरपालिका वडा नं. १२ र १३ लगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौंडी–खडकवार–घुइयावारी हँुदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग बनाउन जरुरी रहेको बाँके क्षेत्र नं. १ प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार सूर्य ढकालले बताए ।

‘‘यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोशेढुङ्गा सावित हुनेछ । सल्यान, सुर्खेत, प्युठान र रोल्पासम्म पुग्न छोटो र कम खर्चमा यात्रा गर्न सकिने यो सडक हाम्रो प्राथमिकतामा छ’,उम्मेदवार ढकालले भने,‘यो सडक सञ्चालन गर्न सके पहाडको उत्पादन तराई र बाँकेको उत्पादन सल्यान लगायतका स्थानहरुमा पुर्याउन सकिन्छ ।’

चुरे, भावर, समथर भू–भाग, मठमन्दिर,राष्ट्रिय निकुञ्ज, आदि यही बाटोमा पर्ने भएकोले पर्यटकीय हिसावले पनि यो बाटो महत्वपूर्ण छ ।
यो मार्ग बनाउनको लागि लामो समयदेखि कुरा उठ्दै आएपनि अहिले मूर्तरुप लिने गरी आफूले प्राथमिकता दिएको उम्मेदवार ढकालले
बताए ।कोहलपुर–चपरगौंडी–खडकवार–घुइयावारी हँुदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माण भए कोहलपुरको दुर्गम भेगका रुपमा रहेको वडा नं. १२ र १३ का ग्रामिण गाउँवस्ती सडक सञ्जालसँग जोडिने उनको भनाई छ ।

यो सडक निर्माणको लागि पहल गर्न दुई बर्ष अगाडिदेखि वडा नम्वर १२ र १३ का जनताको संयुक्त पहलमा ढकालको संयोजकत्वमा सङ्घर्ष समिति बनाएपछि अहिले पहिलो चरणको काम हुँदैछ । सङ्घर्ष समितिको पहलमा यो सडकलाई बाँके राष्ट्रिय निकुञ्जको नियामवलीमा “निकुञ्जको अतिआवश्यक कालोपत्रे वाटो” उल्लेख भएको छ भने लुम्बिनी र कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा “दुई प्रदेशको रणनीतिक महत्वको बाटो” उल्लेख भएको छ ।

चुनावी प्रचारको क्रममा शनिवार कोहलपुर नगरपालिका १२ का गाउँवस्तीमा पुग्नु भएका उम्मेदवार ढकालले चपरगौडी–घुईवारी सडक निर्माण गरेरै छोड्ने बताए ।चुनावी प्रचार अभियानमा प्रदेशसभा ख का उम्मेदवार दुर्गाप्रसाद चौधरी, प्रदेशसभा सदस्य समानुपातिक उम्मेदवार बसन्ती अधिकारी, निर्मला सुनार लगायतले विकास र समृद्धिका लागि नेकपा एमालेको पक्षमा मतदान गर्न आग्रह गरे ।

  • १२ कार्तिक २०७९, शनिबार प्रकाशित

  • Nabintech