बाँके\बाँके क्षेत्र न ३ प्रदेश (क) का एमाले उम्मेदवार रत्न खत्रीले विकास र समृद्धी नेकपा एमालेले मात्र गर्न सक्ने दावि गरेका छन। उनले ५ वर्षमा आइपी खरेलले कहाँ कुन स्थानमा विकास गर्नु भयो ? भयो त कहाँ भयो विकास ? आम रनियापुरका जनताले प्रश्न गर्नु पर्ने बताए । उनले स्वतन्त्रका नाममा केही उम्मेदवाहरुले जनतालाई भ्रममा पार्न खोजेको दावि समेत गरे । उनले स्वतन्त्रको मुकुट भित्र एमाले हराउने कुन्ठा दिवा सपना मात्र हुने औल्याए।
खत्रीले यहाँ रनियापुरका आवश्यकता र त्यसको निवारण एमालेले मात्र गर्ने सक्ने धारणा राखे । खत्रीले रनियापुरको विकास र समृद्धीका लागि आफ्नो उम्मेदवारी रहेको बताउदै एक चोटी मतदाताले विचार गर्न र उदाउदो सुर्य चिह्मा मतदान गर्न आवश्यक रहेको उल्लेख गरे । खत्रीले प्रदेश (क) निर्वाचन क्षेत्रका सबै समस्या बारे आफु विज्ञ रहेको दावि गरे ।
विकास र समृद्धीका योजनाहरु जनता माझ जनताका योजना अनुरुप आफुले ५ वर्ष जनताको सेवा गर्ने शनिबार बाँके निर्वाचन क्षेत्र न ३ प्रदेश (क) को निर्वाचन परिचालन कार्यालयको उद्घाटन कार्यक्रममा उक्त कुरा बताएका हुन।