बाँके\पाँच दलिय (बाम-लोकतान्त्रीक) गठबन्धका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले गठबन्धनका उम्मेदवारहरु सक्षम, सालिन र परिपक्क भएकोले ढुक्कसँग जनतामा भोट माग्न जान आग्रह गरेका छन् ।
जनतासँग गठबन्धनका आम नेता कार्यकर्ताहरुले गरेका बाचा कुनैपनि हालतमा खेर जान नदिने बताउँदै अथकले सिंहदरबार चिनेको नेतृत्व नै अहिलेको आवश्यकता भएको बताए ।
बाम-लोकतान्त्रीक गठबन्धन बाँके १ ‘ख’ अन्तर्गत वडा निर्वाचन परिचालन समितिका वडा संयोजक र सह-संयोजकको कोहलपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै अथकले यस्तो बताएका हुन् । उनले सबै स्थानमा भोट माग्न जानका लागि समय अभाव हुन सक्ने भन्दै गठबन्धका सबै नेता कार्यकर्तालाई यतिखेर अथक र फुलारामका रुपमा प्रस्तुत हुन समेत आग्रह गरे ।
कोहलपुरलाई आधुनिक शहरका रुपमा विकास गरेरै छाड्ने बताउँदै अथकले सबैले गर्व गर्न लायक उदाहरणीय नेतृत्व आफुहरु बन्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारहरुले यस क्षेत्रको भु-राजनैतिक अवस्था बुझेकाले यहाँका जनताको भावना अनुसार विकासको नेतृत्व गर्न सक्षम रहेको बताए ।
उनले यस पटक संघ र प्रदेशमा समेत गठबन्धको सरकार बन्ने भएकाले गठबन्धनका उम्मेदवार बिजयी भए मात्रै कोहलपुरको विकासले काँचुली फेर्ने धारणा राखे । संयोजकहरुको भेलाले गठबन्धका उम्मेदवारहरुलाई बिजय बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको निर्वाचन परिचालन समिती संयोजक बलराम शर्माले जानकारी दिए ।
कोहलपुर १५ र राप्ती सोनारीका २ वडाका निर्वाचन परिचान समितीका संयोजक र सह संयोजक भेलाले संबिधान रक्षा र विकासका लागि गठबन्धका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनाएको छ ।बैठकले निर्वाचन परिचालन सम्बन्धी विभिन्न कार्यक्रमहरु निर्माण गरेको माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिती सदस्य तुलाराज बिष्टले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिती सदस्य चिन्तामणी धिताल, कोहलपुर नगर अध्यक्ष बिरेन्द्र शाह, माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्का लगायतका नेता कार्यक्रर्ताको सहभागीता रहेको थियो । वडा निर्वाचन परिचालन समितीका संयोजक र सह संयोजकले स्थानिय स्तरका विकास निर्माणसंग सम्वन्धीत मागहरु संकलन गर्ने र गठबन्धका उम्मेदवारलाई बिजयी गराउन प्रचार प्रसार अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको निर्वाचन परिचालन समितीका सदस्य सचिव भिम प्रसाद पौडेलले जानकारी दिए ।