बाँके\बाँके क्षेत्र न १ का प्रतिनिधि सभा उम्मेदवार सुर्य ढकाल स्वर्गीय नेता दिनेशचन्द्र यादवको समाधि स्थल पुगेका छन। नरैनापुर गाउँपालिका यादवको घर स्थित समाधि स्थल पुगेर ढकालले केही समय यादव लाई स्मरण गरेका हुन ।
पछिल्लो समय निर्वाचन केन्द्रित अभियानमा बाँके क्षेत्र न १ का उम्मेदवार घरदैलो ब्यापक गरिरहेका बेला ढकाल भने पूर्व राज्यमन्त्री नेकपा एमालेका स्वर्गीय नेता दिनेशचन्द्र यादवको समाधि स्थलमा पुगेका हुन।
ढकालले स्वर्गीय नेता यादवले लोकतन्त्र र समग्र बाँकेको विकास र पार्टीको नीति प्रति एक बफादार सिफाईको रुपमा उहाँको समाधि स्थलमा उहाँलाई स्मरण गर्न र आशिर्वाद लिन पुगेको बताएका छन।
ढकालले स्थानीय नरैनापुर गाउँपालिका नागरिकहरुलाई फुसको छाना मुक्त घर निमार्ण गर्न आफ्नो पार्टी र आफु प्रतिवद्ध रहेको बताए।
ढकालले स्थानीयहरु सँग भावि योजना समृद्ध नरैनापुर गाउँपालिका निमार्णमा भूमिका निर्वाह गर्नका लागि सुर्य चिह्मा मतदान गर्न अपिल समेत गरेका छन।