काठमाडौं\मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि भारतले नेपाललाई उपहारस्वरूप गाडीहरू उपलब्ध गराउने भएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार मध्याह्न अर्थ मन्त्रालयमा गाडीहरू सरकारलाई हस्तान्तरण गर्ने बताएका छन्। भारतले यसअघिका चुनावमा पनि गाडीहरू उपलब्ध गराउँदै आएको थियो। भारतले के-कति गाडी उपहारस्वरुप दिन लागेको हो भन्ने बारे भने खुलाइएको छैन।