३२ जेष्ठ २०८२, शनिबार

खेलकुदमा सफल भीम,जनताको सेवा गर्ने चाहना
  • न्युज मानसराेवर

बाँके\आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नं ३ प्रदेश ख का उम्मेदवार भीमबहादुर ओली सशक्त युवा उम्मेदवार हुन । विगतमा राजनीतिसंगै खेलकुद क्षेत्रको नेतृत्व गर्दा उनले गरेका कामका आधारमा उनको नेतृत्व सवल र सफल सावित भइसकेको छ । ८ औं राष्ट्रिय खेलकुद पोखरा जान लाग्दा उनले नेपालगन्ज तानेका थिए ।

भौतिक संरचनाका साथै आठौं खेलकुद भव्य र शब्य सम्पन्न भएको एउटा इतिहास साँची नै छ ।

नेपालगन्ज रंगशालाको मुहार पूरै फरिएको छ । लामो समयदेखि अलपत्र पौडी पोखरी उनकै पालामा सम्पन्न भएर संचालनमा आएको हो । आठौंकै सेरोफेरोमा भीम ओलीकै नेतृत्व हुँदा बाँकेको खजुरा गाउँपालिका वडा नं २ मा शुक्र स्टेडियम निर्माणाधीन अवस्थामा छ ।

५८ करोडको लागतमा बन्दै गरेको उक्त स्टेडियममा ८ औं खेलकुद प्रतियोगिताका महिला र पुरुष भलिबल सफलतापुर्वक अपार दर्शकको माझ सम्पन्न भएको थियो । ८ औं कै बेला बाँके, बर्दिया र दाङमा खेलकुदका थुप्रै संरचना तयार मात्र भएनन् ती ठाउँहरुमा खेलकुदका प्रतियोगिता संचालन गर्दा सबै जिल्लाले अपनत्व ग्रहण गर्ने मौका पाएका थिए जसको अवसर उनै भीमले तय गरेका थिए ।

त्यति मात्र होइन आठौं ताका खेलकुदका विभिन्न प्रतियोगिता प्रशिक्षणका लागि आवश्यक पर्ने कुराको मध्यनजर गर्दै कयौं विद्यालयका फिल्ड पुनःमर्मत गरिएको थियो ।यस क्षेत्रमा खेलकुदमा नेतृत्व गर्दा गतिविधि र भौतिक पूर्वाधार दुबै हिसावले पूर्ण सफल रहेका उनै भीम अहिलेको चुवानी अभिायनमा छन् ।उनी भन्छन्, हिजो राजनीतिसंगै नेतृत्व गर्ने मौका पाएको खेलकुद क्षेत्रमा आमुल परिवर्तन गर्न सकियो अव यो अनुभवलाई आफ्नो क्षेत्रको समग्र विकासमा बदल्ने इच्छा जागेको छ ।

उनी आफु युवा भएकाले युवाका मुद्दाहरु सजिलै समाधान गर्न सकिने बताउँछन् । खजुरा क्षेत्रमा खेलकुदका संरचना भएकाले अब जानकी क्षेत्रमा बढी प्राथमिकता खेलकुदका क्षेत्रमा हुने उनले बताए । कृषि, शिक्षा, स्वास्थ्य, उद्योग कलकारखानालाई चलायमान गरी रोजगारीको सृजना गर्न सकिने उनी बताउँछन् ।

आफुले मनोनयन दर्ता गराएदेखि निरन्तर मतदाता माझ पुग्दै गर्दा कतिपय ठाउँबाट साझा मुद्दाहरुको उठान भएको र कतिपय जीवनस्तरसंग जोडिएका मुद्दा रहेको बताउँदै तिनको समाधानकै लागि आफ्नो उम्मेदवारी भएको बताए ।

उनले शिक्षा, स्वास्थ्य, सडक, विद्युत सिंचाई, मलखाद जस्ता विषय अधिकांश ठाउँमा उठ्ने गरेको र कतिपय ठाउँहरुमा अव्यवस्थित बसोबास, सुकुम्बासी भूमिहीनको समस्या आइरहेकोले मंसिर ४ पछि एमालेको सरकार आएको खण्डमा यस्ता कुरा प्राथमिकतामा पर्ने बताए ।  उनले आफु निश्कलंक रहेको भन्दै आफ्ना प्रतिस्पर्धीहरु विभिन्न मुद्दा मामिलामा रहेकाले उहाँहरु अदालततिर जानु पर्ने भएकाले आफु जनताको माझ सँदैव हुने बताए ।

एक कर्मठ, उर्जावान र युवा नेता भीम मतदाता माझ पुग्दा आफु निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । धेरै ठाउँहरुमा पुग्दा मतदाताले आफुलाई रुचाएको पाएँ अब उहाँहरुको मनको मत मंसिर ४ मा प्राप्त हुने आशा जागेको छ भीमले हर्षित हुँदै भने ।

  • १७ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech