२६ आश्विन २०८१, शनिबार

शिवसेना नेता सुधीर सुरीको गोली हानेर हत्या
  • न्युज मानसराेवर

भारत\ शिवसेनाका नेता सुधीर सुरीको भारतको अमृतसरस्थित व्यस्त सडकमा गोली हानी हत्या भएको छ। गोपाल मन्दिर नजिकै उनीमाथि गोली प्रहार गरिएको थियो। घटनालगत्तै सुरीलाई अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

सुरीले मन्दिर बाहिर यसको व्यवस्थापनको विरुद्ध प्रदर्शन गरिरहेका बेला एक स्थानीय पसलेले पेस्तोलबाट कम्तीमा पाँचवटा गोली हानेका थिए।प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

  • १९ कार्तिक २०७९, शनिबार प्रकाशित

  • Nabintech