२८ आश्विन २०८१, सोमबार

बाँके क्षेत्र नम्बर–३ मा चुनावी अभियान तीब्र
  • न्युज मानसराेवर

बाँके\बाँके क्षेत्र नम्बर–३ मा चुनावी अभियानले तीब्रता पाएको छ । सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा किशोरसिंह राठोर र एमालेबाट किस्मतकुमार कक्षपतिबीच प्रतिस्पर्धा हुँदै छ ।त्यहाँ दुवै उम्मेदवारले आ आफ्नो जितको दावी गरेका छन् ।

एमालेलाई राप्रपाको साथ छ । काँग्रेस सहमहामन्त्री समेत रहेका राठोरले विकास निर्माण आफ्नो मुख्य एजेण्डा भएको बताए ।यस्तै खजुरा गाउँपालिकाका अध्यक्ष समेत भइसकेका किस्मत कुमार कक्षपतिले आफ्नो उम्मेदवारी सम्बृद्ध प्रदेश निर्माणका लागि हुने बताएका छन् ।

यस्तै प्रदेशसभामा क मा सत्तागठबन्धनबाट आइपी खरेल र ख बाट बादशाह कुर्मी चुनावी प्रतिस्पर्धामा हुँदा एमाले र राप्रपा गठबन्धनबाट प्रदेशसभा क मा रत्न खत्री र ख मा भीम ओली प्रतिस्पर्धामा उत्रिएका छन् ।

उम्मेदवारहरुले आआफ्नो जित सुनिश्चित भएको बताएपनि मतदाताले कस्लाई जिताउछन त्यो हेर्न भने मंसिर ४ पछि नै थाहा हुनेछ ।

  • २० कार्तिक २०७९, आईतवार प्रकाशित

  • Nabintech