२७ आश्विन २०८१, आईतवार

सुकुम्वासी र अव्यवस्थित बसोबासी  समस्या समाधान आफ्नो प्रथम अभिभारःखत्री
  • न्युज मानसराेवर

बाँके\पछिल्लो समय बाँके क्षेत्र नं.३ अन्तगर्त प्रदेश क मा नेकपा एमालेले प्रचार अभियानलाई तिब्रता दिएको छ ।

नेकपा एमाले तर्फका प्रतिनिधि सभा उम्मेदवार किश्मतकुमार कक्षपति र प्रदेश क उम्मेदवार रत्न खत्रीले बैजाथ गाउँपालिकाका आम मतदाता विच आफ्ना साझा प्रतिवद्धता जाहेर गरेका छन।

उनीहरुले मतदाता विच समृद्ध बाँके क्षेत्र नं.३ निमार्णका लागि आफुहरुलाई विजयी बनाउँन आम मतदातामा अपिल समेत गरेका छन ।

प्रदेश सभा सदस्य उम्मेदवार रत्न खत्रीले बैजनाथ गाउँपालिका वडा नं.३ मा आयोजित अन्तरक्रिय कार्यक्रममा समृद्ध नेपाल सुखी नेपालीहरुको आकाक्षा पुरा गर्नाका लागि सुर्य चिह्मा मतदान गर्न आग्रह गरेका छन।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी  समस्या समाधान आफ्नो प्रथम अभिभार हुने बताउदै एमाले उम्मेदवारहरुलाई विजयी गराउन खत्रीले अपिल गरेका छन।

 

  • २० कार्तिक २०७९, आईतवार प्रकाशित

  • Nabintech