बाँके\प्रतिनिधि सभा उम्मेदवार सुर्य ढकालले शिक्षा क्षेत्रको सवलिकरण र गुणस्तरीय स्वास्थ्य सेवाको विकेन्द्रिकरण र स्वरोजगार नीति निमार्ण आफ्नो पहिलो प्राथमिकता हुने बताए । उनले कानूनु अभावका कारण आम नागरिकहरुले भोग्नु परेका समस्या समाधान त्यसको औचित्य पुरा गर्न कानून निमार्णमा आफ्नो अर्जुन दृष्टि ध्यान केन्द्रित हुने बताएका छन ।
विकास र समृद्धका सपना साकार गर्नाका लागि विकासको बाधन सार्वजनिकि खरिद नियमावली निमार्ण गरिने बताएका छन। सार्वजनिकि खरिद संशोधन गरेर मात्र नुहने बताउदै त्यसका लागि कानून निमार्णमा नै उत्तम विकल्प हुने तर्क गरे ।
उनले कुनै विकास योजना संचालन गर्नका लागि न्यूनतम ३० देखी ३५ दिन त्यसपनि १४ दिन त्यसपछि ७ दिन अनि त्यसमा पनि अध्ययन गर्ने समयले पूर्वाधार विकास जसको आवश्यक अहिलेको मुख्य माग हो ।त्यसमा अवरोध रहेको औल्याए । उनले गुणस्तरीय शिक्षा निशुल्क शिक्षाका लागि शिक्षा ऐन निमार्ण जस्ता अभिभार पुरा गर्न एमाले उम्मेदवारहरुको विजयी आवश्यक रहेको औल्याएका छन ।
पर्यावरणको प्रंचुर सभ्भावना रहेको बाँके क्षेत्र न १ मा बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको आगमन सहज रुपमा गर्नका लागि आवश्यक नीति विकास गर्न , होमस्टे (पाउँना ) घरहहरुको विकासमा कानून निमार्ण र त्यसको प्रभावकारी अनुगमन तिन तह विचको समन्वयन आफुले गर्न सक्ने उल्लेख गरेका छन। उनले राप्ती नन्दिको कटान व्यवस्थापन नीति र सरकारी अतिक्रमित भूमिमा बसोबास गर्ने नागरिकहरुलाई एकिकृत बस्थि निमार्ण गर्नाका लागि आवश्यक कानून र बजेटको व्यवस्थापनको लागि पहल गर्ने उल्लेख गरेका छन। ढकालले उक्त कुरा राप्तिसोनारी गाउँपालिका वार्ड न ६ फत्तेपुरमा मतदाता अन्तरक्रियमा भनेको हुन ।