१४ मंसिर २०८१, शुक्रबार

स्थानीयको माग मलखाद व्यवस्थापन गर्न एमाले उम्मेदवारलाई आग्रह
  • न्युज मानसराेवर

बाँके \नेकपा  एमाले बाँके क्षेत्र नं, ३ का उम्मेदवार किस्मत कुमार कक्षपति र प्रदेश ख का उम्मेदवार भीमबहादुर ओली यतिबेला घरदैलोमा व्यस्त छन् । उनीहरू जनतामाझ पुग्दा जनता उत्साहित देखिन्छन।

क्षेत्र नं. ३ अन्तरगत प्रदेश ख को जानकी गाउँपालिको बेलहरी र बकसपुरमा एमाले उम्मेदवार पुग्दा जनताले चासोका साथ उनीहरुसंग आफ्ना जिज्ञासा राखेका थिए । स्थानीयले मलखादको व्यवस्थापनको लागि उम्मेदवारलाई माग गरेका थिए ।

एमालेको तर्फबाट बाँके क्षेत्र नं, ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार किस्मत कुमार कक्षपतिले ग्रीन सिटीको प्रोजेक्ट तीनवटै पालिकामा संचालन गरिने, बताएका छन् ।उनी खजुरा गाउँपालिकाको अध्यक्ष हुँदा खजुरामा भित्र्याउन सफल ग्रीन सिटीको प्रोजेक्ट जानकी र बैजनाथ गाउँपालिकामा पनि विस्तार गरेर दीगो आर्थिक विकास गरिने प्रतिबद्धता जनाएका हुन ।

उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरण, शिक्षामा सीपमूलक र व्यवसायी, स्वास्थ्यमा उचित व्यवस्थापन गरेर आफ्नो क्षेत्रमा विकास गरिने बताए ।रोजगारीका अवसरका लागि उद्योग कलकारखानालाई अगाडि बढाइने बताए । क्षेत्र नं. ३ प्रदेश ख का उम्मेदवार भीमबहादुर ओलीले जानकी लगायत आफ्नो क्षेत्रमा रहेको लालपुर्जाको समस्या समाधानमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

 

 

 

 

 

 

 

  • २१ कार्तिक २०७९, सोमबार प्रकाशित

  • Nabintech