१ भाद्र २०८२, आईतवार

कार्यकर्तालाई मतदाता शिक्षामा केन्द्रित हुन उम्मेदवार खत्रीको आग्रह
  • न्युज मानसराेवर

बैजनाथ\बाँके क्षेत्र नं.३  ‘क’  का उम्मेदवार रत्न खत्री मतदाता शिक्षामा केन्द्रित भएका छन । चुनावी मैदानमा अन्य उम्मेदवार व्यस्त भइरहेका बेला खत्रीले भने मतदाता शिक्षामा केन्द्रित हुन अगुवा एमाले कार्यकताहरुलाई आग्रह गरेका हुन।

  मतदाता शिक्षा दिने अभिभारा निर्वाचन आयोगको मात्र नभएर हाम्रो पनि अभिभार हो खत्रीले भेलामा भनेका छन।

त्यस्ते खत्रीले बैजनाथ गाउँपालिका वडा न ५ मा  घरदैलो तथा  मतदाता  विच अन्तरक्रिया गर्दै समृद्ध बाँके क्षेत्र नं.३ निमार्णको अभिभारा नेकपा एमालेका उम्मेदवारहरुलाई दिन  सूर्य चिन्हमा मतदान गर्न अपिल समेत गरेका छन।

बाँके क्षेत्र नं.३ प्रदेश क मा एमाले उम्मेदवार रत्न खत्री  गठबन्धनका तर्फ बाट आइपी खरेल ,नागरिक उन्मुक्ति पार्टीका तर्फबाट चन्द्रराम थारु र स्वतन्त्र उम्मेदवार दल बहादुर सुनार विच प्रतिस्पधा रहेको छ ।

  • २१ कार्तिक २०७९, सोमबार प्रकाशित

  • Nabintech