नरैनापुर \बाँके क्षेत्र नं.न १ का एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार सुर्य ढकालले पछिल्लो समय नरैनापुर गाउँपालिकालाई विशेष रुपमा आफ्नो चुनावी प्रचार प्रसार अभियानलाई तिब्र बनाएका छन।
उम्मेदवार ढकालको नरैनापुर गाउँपालिकाका सबै वडाहरुमा मतदाता भेटघाट तथा अन्तरक्रियामा दैनिकी बनेको छ । त्यसो गर्नु मुख्य कारण नरैनापुरका आम नागरिक समस्या नजिक बाट बुझ्नु ।पछिल्लो सयम नरैनापुरको खाद्य संकट समाधानका विषयमा सूर्य ढकालले ‘ स्थानीय तहले पनि राहत उपलब्ध गराउन लापरबाही देखाइरहेको आरोप लगाएका छन।
जनताका समस्या समाधान र समयको औचित्य बुझ्न सरकार बेखर बनेको छ ढकालको आरोप छ । जनताको दुखमा जनताका विचमा उहाँहरुका समस्या बारे अध्ययन गर्नु र समाधानका उपायहरुमा केन्द्रित हुन समेत आफु नरैनापुर गाउँपालिकाका सबै वडा र टोल टोलमा आफ्ले अन्तरक्रिया गरेको ढकालले भनेका छन।
जनताले राहत पाएका छैनन्,’ उनले भने, ‘सुक्खापीडितलाई राहत उपलब्ध गराउने दबाब दिएका छौँ। स्थानीय तह र पाँच दलीय गठबन्धनले राज्य भएको अनुभूति दिलाएन।’ उनले नागरिकलाई राज्यको अनुभूति दिलाउन एमालेले जित्नुपर्ने दाबी गरे।
‘मैले जितेँ भने नरैनापुरका समस्याको दीर्घकालीन समाधान गर्छु,’ उनले भने। नरैनापुरका लागि सिक्टाको पूर्वी नहर समयमै सम्पन्न गर्ने, नरैनापुरबाट एक घर एक रोजगारको राष्ट्रिय नीति लागू गर्ने, नरैनापुरदेखि पूर्वपश्चिम राजमार्ग जोड्ने सडक विस्तार गर्ने जनता विच अन्तरक्रियामा आफ्नो योजनाहरु बारे जानकारी गराउने गरेका छन।
नरैनापुर गाउँपालिका वडा न ६ मा बास्मति यादवले सुर्य ढकालको विजयी निश्चित रहेको बताएकी छन। उनले यसरी जनताका विचमा दुखमा साथ दिन आइरहेको बताईन । उनले नरैपुरका जनताहरुको सुरक्षा व्यवस्था मिलाउन ईलाका प्रशासन कार्यालय ल्याउन उहाँको र एमालेको भूमिका छ । अब यहाँका समस्या समाधान गर्न सुर्य बाबुलाई विजयी आवश्यक छ उनले भनिन।