७ पुष २०८१, आईतवार

बाँकेमा ४ वर्षीय बालकलाई करणी गरेको आरोपमा युवक पक्राउ
  • न्युज मानसराेवर

बाँके\बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ मा १७ बर्षिय युवकले ४ बर्षका बालकलाई जबरजस्ति करणी गरेका छन् ।

बुधबार बिहान १० बजेतिर घरमा कोही नभएको अवस्थामा ती बालकलाई जबर्जस्ती करणी गरेको पाइएको हो ।

स्रोतका अनुसार ती ४ बर्षिय बालकको मलद्धार र मुखमा जवर्जस्ती करणी गरेको खुल्न आएको छ । १७ बर्षका ती युवकले ४ बर्षीय बालकलाई ललाई फकाई जबर्जस्ती करणी गर्दा उक्त बालक अहिले बिरामी परेका छन् । उक्त घटना पछि बालकको निरन्तर ज्वोरो आएको स्रोतले बताएको छ ।

पीडित बालक र ति युवकको घर संगै जोडिएको छ । घटना थाहा पाउने लगत्तै ईलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोलीले उक्त युवकलाई पक्राउ गरि थप अनुसन्धानको लागी कोहलपुर पठाएको छ ।

घटनाबारे जानकारी गराउँदै ईलका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक ऐन बहादुर मल्लले जवर्जस्ती करणी ऐन अन्तरगत कारवाही हुने जनाए । डिएसपी मल्लल भने ती युवक अपराधिक सोचका घृणित व्यक्ति हुन, मुद्दा चल्छ, कारवाही हुन्छउनले भने ।

  • २४ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech