कोहलपुर / आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर १ मा पाँच दलिय बाम- लोकतान्त्रिक गठबन्धनले आफ्नो प्रतिवद्दता पत्र सार्बजनिक गरेको छ ।
क्षेत्र नम्बर १ को कोहलपुरमा शुक्रबार अपरान्ह पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरिएको हो ।
प्रतिवद्दता पत्रलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार महेश्वरजंग गहतराज, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य अशोक कोइराला, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, प्रदेश सभा-१(२) का उम्मेदवार फुलाराम थारु र क्षेत्र नम्बर १ का निर्वाचन परिचालन समितिका संयोजक नरेन्द्र न्यौपानेले संयुक्त रूपमा सार्बजनिक गरेका हुन ।
सो क्रममा निर्वाचन परिचालन समितिका सहसंयोजक एवम काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसीले उद्देश्यमाथी प्रकाश पारेका थिए ।
पत्रकार सम्मेलनमा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार गहतराज, प्रदेश सभा सदस्य पदका उम्मेदवार थारुले मन्तव्य व्यक्त गरेका छन । सार्बजनिक कार्यक्रम अहिले जारी छ ।