२६ आश्विन २०८१, शनिबार

पुर्ब लडाकु र द्धन्द्ध पिडितहरुको साथ सुर्यलाई
  • न्युज मानसराेवर

काेहलपुर /मंशिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदमा बांकेका पुर्ब लडाकु र द्धन्द्ध पिडितहरुले यसपालि आफनो साथ सुर्य चिन्हमा रहने बताएका छन ।

नेकपा एमाले लम्बिनी प्रदेश उपसचिब तथा बांके क्षेत्र नं. १ ख प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरीको घरदैलो अभियानका क्रममा कोहलपुरमा बसोबास गर्दै आएका पुर्ब लडाकु तथा द्धन्द्ध पिडितहरुले उक्त कुरा बताएका हुन ।

एकल महिला महिला सञ्जाल बांकेकी अध्यक्ष शोभा बिसिका अनुसार राज्यले उचित ब्यबस्थापन गर्न नसक्दा एकल महिला र द्धन्द्ध पिडितहरुको दैनिक हात जोडन समेत समस्या रहेको भन्दै आफना उचित मुद्धाको सम्बोधनका निम्ति पनि सुर्य ढकाललाई नै मतदान गर्ने बताईन ।

उन्ले द्धन्द्ध पिडित एकल महिला र पुर्ब लडाकुहरुका तमाम समस्या सम्बोधन हुन नसक्दा कयौ पिडितहरुले नारकिय जिबन ब्यथित गर्नुपरेको भन्दै बेपत्ता पारिएका ब्यक्तिहरुको अबस्था बारे राज्यले बोल्न नचाहेकाले अब सदनमा कुरा राख्न सक्ने ढकाललाई जिताउन आब्हान गरिन ।

द्धन्द्ध पिडितका मुद्धाबारे सम्बोधन गर्दै बांके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले निति निर्माणको तहमा आफु पुगेर द्धन्द्ध पिडितहरु दिगो ब्यबस्थापनका निम्ति बुलन्द आवाजले राज्यको ढोका ढकढकाउने प्रतिबद्धता ब्यक्त गरे ।

उन्ले भने द्धन्द्ध पिडितहरुको पिडा हामीले महशसुस गरेका छौं ब्यबस्थापन गर्न दृड रहन्छौं भन्दै यसपालि नया र युवाको पक्षमा मतदान गर्न आब्हान गरे ।

एक पटक प्रयोगमा आएका ब्यक्तिहरुले द्धन्द्ध पिडितहरुका मुद्धामा खासै चासो नदिएको भन्दै आफनो सरकार बनेमा प्राथमिकतामा राखेर द्धन्द्ध पिडितहरुको उचित माग बेलैमा सम्बोधन गर्ने बताए ।

प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरीले आफु समेत पुर्ब लडाकु भएको चर्चा गर्दै पुर्ब लडाकुहरुका पिडा आफुले महसुस गरेकाले पनि राज्य स्तरबाट ब्यबस्थापनका निम्ति पहल गर्न आफु नचुक्ने बताए ।

  • २६ कार्तिक २०७९, शनिबार प्रकाशित

  • Nabintech