१३ मंसिर २०८१, बिहीबार

आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु, के गर्न पाइँदैन?
  • न्युज मानसराेवर

बाँके\निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने बताएका छन्।

यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् स्थिर समयमा निर्वाचन प्रचार प्रसार गर्न नहुने बताएका हुन्।

यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन। यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ।

  • १ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech