१३ मंसिर २०८१, बिहीबार

नेपालगन्जमा एमाले र राप्रपाको संयुक्त शक्ति प्रर्दशन
  • न्युज मानसराेवर

बाँके/  आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनका लागि मौन अवधि शुरु हुनुपुर्ब बिहीवार नेपालगन्जमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयुक्त शक्ति प्रर्दशन गरेका हुन् ।

मौन अवधि शुरु हुनुपुर्ब बाँके क्षेत्र नं. २ एमाले र राप्रपाले नेपालगन्जमा संयुक्त शक्ति प्रर्दशन गरेका छन् ।

बाँके क्षेत्र नं २ मा राप्रपा र एमाले बिच चुनाबी तालमेलले थप नयाँ रौनक छाएको छ ।

बिहीवार राती १२ बजेदेखि मौन अवधि शुरु हुने भएकोले त्यसपछि प्रचारप्रसार गर्न नपाइने निर्वाचन कार्यालयद्वारा जारी आचारसंहितमा यस अगावै जानकारी गराई सकिएको छ ।

मौन अवधी सुरु हुनुपुर्व बाँके क्षेत्र नं २ राप्रपा तर्फका प्रतिनीधिसभा सदस्य उम्मेद्वार डा. धवल शम्शेर राणा, बाँके क्षेत्र नं २ क एमाले तर्फका प्रदेशसभा सदस्य उम्मेद्वार बिजय बहादुर यादब, क्षेत्र नं २ ख एमाले तर्फका प्रदेशसभा सदस्य उम्मेद्वार निरक गुरुङ सहितको टोलीले शक्ति प्रर्दशन गरेको छ ।

नेपालगन्जको प्रचलित धम्बोझी चोकबाट सुरु भएको एमाले र राप्रपाको संयुक्त शक्ति प्रर्दशन घरवारी टोल, त्रिभुवन चोक, त्रिवेणीमोड, रानीतलाउ हुदै त्रिभुवन चोकमा पुगि कोणसभा गरिएको थियो ।

हजारौंको संख्यामा बाजागाजा सहित झण्डा, ब्यानर, मोटरसाइकल ¥याली, अटो रिक्सा ¥याली गरि नेपालगन्जका विभिन्न चोकमा पुिग त्रिभुवन चोकमा कोणसभामा परिणत भएको थियो ।

  • १ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech