५ असार २०८२, बिहीबार

बाँके ३ मा कक्षपतिको अग्रता कायम
  • न्युज मानसराेवर

बाँके\बाँके निर्वाचन क्षेत्र नं.३ मा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार किश्मतकुमार कक्षपतिले अग्रता कायम राखेका छन। उनले हाल सम्म ३ हजार ९ सय ५५ मत प्राप्त गरेका छन।

उम्मेदवार किश्मतकुमार कक्षपतिले ४ सय ४७ मत अन्तरले अग्रता लिएका हुन।

त्यसै गरी नेपाली कांग्रेसका उम्मेदवार किशोर सिंह राठौरले कक्षपतिलाई पछ्याइरहेका छन।

३ हजार ५ सय ८ मतले दोस्रो स्थानमा कायम रहेका छन। त्यसै गरी राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवारले १ हजार ३ सय ४ मत सगै तेस्रो स्थानमा रहेका छन। हाल सम्म ९हजार ७ सय ६९ मत गणना गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

  • ५ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech