१० मंसिर २०७९, शनिबार

बाँके १ मा सुर्यकाे २ हजार १ सय २८ मतकाे अग्रता
  • न्युज मानसराेवर

बाँके\ दुई हजार १ सय २८ मतले नेकपा एमालेका सुर्य ढकालले अग्रता लिएका छन।

पछिल्लो मतगणना अनुसार काेहलपुर नगरपालिका वडा न १,३, १५ वडामा ढकालले अग्रता बढाएका हुन । ढकालले १५ हजार २ सय २३ मत प्राप्त गरेका छन। त्यसै गरी गठबन्धनका उम्मेदवार महेश्वरजंग गहतराज (अथक)ले १३ हजार ९८ मत सहित दोस्रो स्थानमा रहेका छन।

त्यसै गरी तेस्रो स्थानमा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार सुरेश कुमार चौधरी ढकीयाले ७ हजार ९सय ६८ मत प्राप्त गरेका छन। यहाँ ४४ हजार ८५ मत सदर भएकाे छ ।त्यसै गरी ३हजार ५ सय ९२ मत बदर भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech