८ बैशाख २०८१, शनिबार

काेहलपुर प्रहरी द्वारा १३ बर्षे बालककाे उद्दार
  • न्युज मानसराेवर

बाँके / ईलाका प्रहरी कार्यालयले १३ बर्षे बलककाे उद्दार गरेकाे छ ।

बैजनाथ गाउँपालिका वडा नं. १ का १३ बर्षे बालककाे प्रहरीले उद्दार गरेकाे हाे ।

मिति २०७९।०७। १६ गते बाट हराएका बालककाे प्रहरीले २३ दिन पछि भारतिय नाका रूपडिया बाट प्रहरीले उद्दार गरेकाे हाे ।

सामाजिक संजाल फेसबुक बाट अपरिचित परिवर्तन नाम नमुना भट्टराई ,लुरे डन नाम बाट रूकुम पश्चिम चाैरजहारी जिल्ला का जितुलाल शर्माले १३ वर्षे नाम परिवर्तन राेहितलाई ललाई फकाई गरि २३ दिन सम्म बन्धक बनाएकाे प्रहरि अनुसन्धान बाट खुलेकाे छ ।

शर्माले २३ दिन सम्म भारतकाे चन्डीगड ,हरिद्वार सिम्ला ,छत्री हुँदै भारतकाे रूपडियामा छाेडेकाे बताईएकाे छ ।

ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख  ऐन बहादुर मल्लले पछिल्लो समय सामाजिक संजाल फेक आईडि बाट फिसिङ ( ट्यापिङ) गरी शारीरिक सम्बन्ध समेत राखेकाे प्रहरी अनुसन्धान बाट खुलेकाे मल्लले जानकारी गराए ।

मल्लले अपराधिकाे खाेजि जारी रहेकाे बताएका छन ।

  • ८ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech