८ श्रावण २०८१, मंगलवार

प्रदेश सभा-१ (ख) मा एमालेका दुर्गाको अग्रता कायम
  • न्युज मानसराेवर

बाँके (अगैया) : बाँके, प्रदेश सभा-१ (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरीले अग्रता लिइरहेका छन् । उनले ९१०२ मत ल्याएर अग्रता लिएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार फुलारामले ७८५६ मत प्राप्त गरेका छन् ।

दुर्गा र फुलाराम बीच १२४६ को मतान्तर रहेको छ । यसैगरी नागरिक उन्मुक्ती पार्टीका भुमबहादुर भण्डारीले १८४६ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार अमरजंग शाहले ११२२ मत ल्याएका छन् ।

उक्त प्रदेश सभा १ (ख) मा कुल ६५ हजार २ सय ५५ मतदाता रहेका छन् । यहाँ २० हजार ६ सउ ८८ मत सदर मत छ। भने बदर मत १ हजार ९७ भएको छ । हाल सम्म जारी भएको मत परिणामा कोहलपुर १,२,३,४,७,१२,१३,१४, र राप्ती सोनारी ८ को रहेको बुझिएको छ ।

  • ९ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech