१३ बैशाख २०८१, बिहीबार

बाजुराको बूढीनन्दा- ५ मा मतदान सुरु
  • न्युज मानसराेवर

बाजुरा\बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ५ स्थित नन्देश्वरी मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको छ। मङ्सिर ४गते मतदानमा विवाद भएको र धाधली भएको भन्दै निर्वाचन आयोगले आज निर्वाचनको मिति तय गरेको
थियो ।

नन्देश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्रमा आज बिहान ७ बजे सुरु भएको मतदान प्रक्रिया बेलुका ५बजे सम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थिते बताए ।

मङ्सिर ४ गतेको निर्वाचनमा २८ मत खस्ने बित्तिकै विवाद उत्पन्न हुँदा मतदान स्थगित गरिएको थियो। बूढीनन्दा ५ मा ९ सय ९९ जना मतदाता रहेका छन् ।

  • १० मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech