७ बैशाख २०८१, शुक्रबार

११६ वृद्धाबाट आर्शिवाद लिदैं दुर्गा चौधरीले सुरु गरे धन्यवाद यात्रा
  • न्युज मानसराेवर

बाँके\ बाँकेको क्षेत्र नम्बर १ अन्तरगत पर्ने प्रदेश सभा १ (ख)बाट निर्वाचित नेकपा एमालेका दुर्गा चौधरीले कोहलपुर १५ बाट धन्यवाद सभा र घरदैलो अभियान सुरु गरेका छन् ।

बाम लोकतान्त्रिक गठबन्धनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका फुलाराम चौधरीलाई ८ सय ७७ मतको अन्तरले पराजित गर्दै उनी शुक्रबार बेलुकी निर्वाचित भएका थिए । नवनिर्वाचित दुर्गाले १५ हजार ६ सय ५७ मत प्राप्त गरका छन् ।

निकटतम प्रतिस्पर्धी फुलारामले १४ हजार ७ सय ८० मत ल्याएका छन् । उनी निर्वाचित भएको भोलीपल्टदेखि नै चुनावको बेला जस्तै फेरि मतदातालाई धन्यवाद दिन घरदैलो मै फर्किएका छन् ।

शनिबार उनले कोहलपुर नगरपालिका वडा नम्बर १५ चन्नहवाकी ११६ वर्षीय महिलाको हातबाट आर्शिवाद लिदैँ मतदातालाई धन्यवाद दिने कार्यक्रम सुरु गरेको नवकिरण शाहले बताए । उनका अनुसार प्रदेश सभा सदस्यको टिकट पाएपछि ती महिलाबाट आर्शिवाद लिदै चौधरीले चुनावी प्रचारप्रसार अभियान सुरु गरेका थिए ।

उक्त अवसरमा उनले उक्त गाउँमा रहेको पुल निर्माण आफ्नो पहिलो प्राथमकिता रहेको बताएका थिए । चुनावको बेला आफूले गरेको संकल्प अनुसार काम गर्ने समेत प्रतिवद्धता जनाए । म बदलिने छैन, मेरो ठाउँ बदल्ने छु भन्ने संकल्पका साथ आजकै मितिदेखि जनताको सेवामा समर्पित हुने उनको अठोट रहेको चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा मतदताहरुलाई धन्यवाद दिने कार्यक्रम सुरु भएको बताए ।उक्त अवसरमा चौधरीले ती वृद्ध महिलालाई पोषणयुक्त खानेकुरा समेत दिएका थिए ।

 

  • १० मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech