१३ बैशाख २०८१, बिहीबार

दाङका किसानले धानको समर्थन मूल्य पाउन सकेनन्
  • न्युज मानसराेवर

दाङ\दाङका किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन्।किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन ।

जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ।घोराही उपमहानगरपालिका-६ का विमल चौधरीले दुई बिघा जमिनमा धान खेती गरेका छन्।

उनको आम्दानीको स्रोत भनेकै खेतीपाती हो।गत वर्ष मोटा धान प्रति क्विन्टल रु दुई हजार दुई सयमा बिक्री गरेका थिए।

यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उनले बताए। घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चौधरीको भनाइ छ।

  • १० मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech