१३ मंसिर २०८१, बिहीबार

समानुपातिकतर्फ बाँके १ मा एमाले, २ मा जसपा र ३ मा कांग्रेस पहिलो दल
  • न्युज मानसराेवर

बाँके\बाँकेमा समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा र ३ मा कांग्रेस पहिलो दल बनेको छ । निर्वाचन आयोगका अनुसार बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १६४७३ मतसहित एमाले पहिलो, १३८४२ मतसहित कांग्रेस दोस्रो स्थानमा आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ८८८५ मतसहित तेस्रो स्थान लिन सफल भयो ।

नागरिक उन्मुक्ति पार्टीको ८७३७ मत, नेकपा माओवादी केन्द्रको ८४९९ र राप्रपाको ४३३६ मत आएको छ । प्रदेशसभातर्फको मत भने सार्वजनिक भएको छैन ।बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका सूर्यप्रसाद ढकाल तथा प्रदेशसभा १(१) मा माओवादीकी कृष्णा केसी नमुना र १(२) मा एमालेका दुर्गाबहादुर चौधरी निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ जसपाले सबैभन्दा बढी मत पाएको छ । जसपा २०१९५ मतका साथ पहिलो दल बन्दा ११३४८ मतका साथ राप्रपले दोस्रो धेरै मत पाएको छ ।

तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १०१७५ मत पाउँदा नेकपा एमालेले ९३२० मत पायो । नेकपा माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ४०९७ र माओवादी केन्द्रले ३०३३ मत पाएका छन् ।

प्रदेशसभातर्फ पनि २०३४२ मतसहित जसपा पहिलो, ११,३७३ मतसहित कांग्रेस दोस्रो, १०८३८ मत पाएर राप्रपा तेस्रो, १०२१३ मतसहित एमाले चौथो र ३३३६ मतसहित माओवादी पाँचौ भएका छन् ।

बाँके २ बाट प्रत्यक्षतर्फ एमाले राप्रपा गठबन्धनबाट राप्रपाका महामन्त्री डा.धवल शमशेर राणा, २(१) बाट जसपाका भण्डारीलाल यादव र २(२) बाट जसपाकै आदेशकुमार अग्रवाल निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ३ मा भने कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । प्रतिनिधिसभातर्फ कांग्रेस १९८६७ मतसहित पहिला दल बन्दा एमाले १८३४९ मत पाउँदै दोस्रो स्थानमा छ । ६७६५ मतसहित नागरिक उन्मुक्ति पार्टी तेस्रो, चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ६४७३ मत र ५९०१ मतसहित माओवादी पाँचौ स्थानमा छ ।

यस्तै प्रदेशसभातर्फ २१०२५ मतसहित कांग्रेस पहिलो, २००८६ मतसहित एमाले दोस्रो, ६७३३ मतसहित नागरिक उन्मुक्ति पार्टी तेस्रो र ६०७० मतसहित माओवादी चौथो भएका छन् ।

बाँकेको प्रनिनिधिसभा क्षेत्र नम्बर ३ बाट कांग्रेसका किशोरसिंह राठौर तथा प्रदेश ३(१) बाट एमालेका रत्नबहादुर खत्री र ३(२) बाट कांग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन् ।

  • ११ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech